top of page

थोलिक चर्च र धर्मावलम्बीहरूको लागि सुरक्षित क्रिसमस प्रति लक्षित संक्रामक रोग रोकथाम उपायहरू

聖母子像.jpg

यहा उल्लेख गरिएको संक्रामक रोग रोकथाम सम्बन्धी उपाय अपनाउने भन्नाले, आफ्नो स्वास्थ्य रक्षाको निमित्त र सङ्क्रमण फैलावटको रोकथाम, वरिपरिका व्यक्तिहरूको रक्षाको निमित्त महत्वपूर्ण गतिविधि हो ।

प्रत्येक क्याथोलिक चर्चलाई "जापानी क्याथोलिक चर्चहरूमा गरिने संक्रामक रोग रोकथाम सम्बन्धी मार्गनिर्देशन https://www.cbcj.catholic.jp/2020/11/09/21446/" को आधारमा संक्रमण विरुद्ध उपायहरू गर्न निर्देशन दिइएको छ । विशेष रूपमा, टोकियो धार्मिक एरियामा, आफू सम्लग्न चर्च बाहेक अन्य चर्चको मीसा (प्रार्थाना सभा) मा भाग लिन सक्नुहुन्न । आफू सम्लग्न चर्चको निर्देशनहरू पालना गर्नुहोस् ।

 

त्यसको साथ साथै, यस कागजपत्र, चर्चमा जाँदा ध्यान दिनुपर्ने कुराको बारेमा विभिन्न राष्ट्रको भाषामा लेखिएको कागजपत्र हो ।

पोस्टर पनि बनाइएको छ, कृपया डाउनलोड गरी प्रयोग गर्नुहोस् ।

日本語.png
英語.png
スペイン語.png
中国語.png
Tagalog.png
フランス語.png
ポルトガル語.png
インドネシア語.png
韓国語.png
ベトナム語.png
ネパール語.png
ipgnep.jpg
ipgne.jpg
体温.png
1995425.png
ソーシャルディスタンスマスク.jpg
鼻出しマスク禁止.png
オンライン配信.jpg
手洗い2.png
換気1.png
185504.png
うがい1.png
消毒3.png
109999.jpg

चर्च

  • चर्च जानु अघि ज्वरो नाप्नुहोस् । यदि तपाईंलाई 37.5℃ वा सोभन्दा माथीको ज्वरो छ भने, बाहिर ननिस्कनुहोस् ।

  • ज्वरो, खोकी, सास फेर्न गाह्रो आदि जस्ता लक्षण भएकाहरूले घरमा नै प्रार्थना गर्नुहोस् ।

  • ज्येष्ठ नागरिक, दीर्घरोगी, अस्वस्थ्य व्यक्तिहरूले आफ्नो घरमा नै प्रार्थाना गरौं । प्रत्येक व्यक्तिले परिस्थिति अनुसार सर्वोचित निर्णय गर्न अनुरोध गरिन्छ ।

  • अनलाइन मीसा (प्रार्थाना सभा) (प्रत्यक्ष प्रसारण) को पनि उपयोग गर्नुहोस् ।

  • चर्चको मेन ढोकामा एन्टिसेप्टिक राखिएको हुनाले, चर्चमा प्रवेश गर्दा एन्टिसेप्टिकले हात कीटाणुरहित गरौं ।

  • बाहिर निस्कँदा अनिवार्यरूपमा मास्क लगाउने र बारम्बार हात धुने तथा एन्टिसेप्टिकले हात कीटाणुरहित गरौं, घर फर्केपछि, हातधुने, मुख कुल्ला गर्ने बानी बसालौं । मास्क लगाउदा नाक छोप्ने गरी लगाऔं ।  नाक नछोपिएमा मास्क लगाएको कुनै अर्थ हुनेछैन ।

  • 1 घण्टामा 1 पटक वा सोभन्दा बढि झ्याल खोलेर भेन्टिलेसन गरौं ।

  • पवित्र चर्चको भवन भित्र एक आपसमा  कम्तिमा पनि 1 मिटर, सम्भव भए 2 मिटर सम्मको दुरी कायम गर्न, सहभागीको सङ्ख्यामा रोक लगाउने वा पटक पटक बाँडिएर मीसा (प्रार्थाना

213104.png

मीसा (प्रार्थाना सभा)

  • भजन

मीसा (प्रार्थाना सभा) वा जमघट भेलाहरूमा हुने सामुहिक भजनबाट टाढा रहौं ।

 

  • रोटी र वाइनको प्रसाद ग्रहण

रोटी र वाइनको प्रसाद ग्रहणको अगाडि तथा पछाडि राम्रोसँग एन्टिसेप्टिकले हात कीटाणुरहित गरौं ।

रोटी र वाइनको प्रसाद ग्रहणको लागि पर्खंदा मास्क लगाउनुहोस् र कम्तिमा 1 मिटर वा सोभन्दा बढिको दूरीमा लाइन बस्नुहोस् ।

 

  • क्यान्डल सर्विस

क्यान्डल सर्विसको आयोजना गर्दा, त्यसको अगाडि तथा पछाडि एन्टिसेप्टिकले हात कीटाणुरहित गरौं ।

 

  • यस बाहेक

कथम् कदाचित् कसैलाई संक्रमण भएको अवस्थामा सङ्क्रमण फैलावटको रोकथामको लागि, चर्चद्वारा सहभागी हरेक व्यक्तिको जानकारी राखेको हुन्छ । आवश्यक परेमा, सार्वजनिक स्वास्थ्य केन्द्रलाई जानकारी प्रदान गरिने हुनाले तपाईंको सहयोगको अपेक्षा गर्दछौं । चर्चद्वारा व्यक्तिगत जानकारीको व्यवस्थापनमा पर्याप्त ध्यान दिइएको छ र केहि दिन पछि उक्त जानकारीलाई नष्ट गर्नको लागि चर्चलाई निर्देशन दिइएको छ ।

 

मीसा (प्रार्थाना सभा) सकिए पछि, प्रयोग गरिएको कागजपत्रहरू लिएर फर्कौं ।

歌禁止2.png
消毒2.png
聖体拝領間隔.png
185513.png

पाप कर्म खुलासा गरी क्षमा याचना गर्ने संस्कार

पाप कर्म खुलासा गरी क्षमा याचना गर्ने संस्कारको बारेमा चर्चको निर्देशनको पालना गर्नुहोस् । धर्मावलम्बीहरूले अनिवार्यरूपमा मास्क लगाउने गर्नुहोस् । कुराकानी गर्दा, खोक्दा वा हाच्छिउँ गर्दा निस्कने छिटाछिटीद्वारा हुने संक्रमणको बारेमा सावधान रहनुहोस् ।

キリスト生誕.jpg

धर्मावलम्बी बीचको आदानप्रदान

  • साथीभाइसँग शारीरिक रूपमा संसर्ग नगर्नुहोस् (चुम्बन, अङ्कमाल, हात मिलाउने)

  • बाहेकका बैठकहरू, जमघट, भेला, अध्ययन सभा आदिलाई समयको लागि रद्द गर्न वा अनलाइनमा गर्नका लागि निर्देशन दिइएको छ ।

  • भोज वा भोजन पार्टीबाट टाढै रहनुहोस्।

ハグ禁止.png

यस कागजपत्रको निर्माणमा सङ्क्रमण विशेषज्ञ चिकित्सकको पर्यवेक्षण प्राप्त भएको छ ।

138003.png

विदेशी नागरिकले कुनै अप्ठ्यारो पर्दा परामर्श लिने काउन्टर

यस किसिमका काउन्टरहरूमा, चर्चको गतिविधि नभएर सरकारी निकायको परिचय गराइने छ ।

502111.png

विदेशी नागरिकको रहनसहनमा सहायता पुर्‍याउने साइटको प्रवेशद्वार

रहनसहन सम्बन्धीका जानकारी तथा स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयद्वारा घोषणा गरिएको नोभल कोरोना भाइरस सम्बन्धीका जानकारीलाई बहुभाषामा राखिएको छ ।

       

     http://www.moj.go.jp/isa/other_languages.html

बहुभाषामा नोभल कोरोना भाइरस सम्बन्धी परामर्श लिने काउन्टर

टोक्यो महानगर विदेशी नागरिकका लागि नोभल कोरोना भाइरस सहितको रहनसहन सम्बन्धी परामर्श केन्द्र (TOCOS)|टोक्यो महानगर नागरिक तथा संस्कृति मामिला विभाग


    https://www.seikatubunka.metro.tokyo.lg.jp/chiiki_tabunka/tabunka/tabunkasuishin/0000001451.html

 

स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालय टेलिफोन परामर्श काउन्टर (कल सेन्टर)


     0120-565653

    

    

     https://www.mhlw.go.jp/stf/newpage_15161.html

    

     अंग्रेजी, चिनियाँ, कोरियाली, पोर्तुगाली, स्पेनिश, थाई, भियतनामी

           अंग्रेजी, चिनियाँ, कोरियाली, पोर्तुगाली, स्पेनिश : 9:00~21:00
      थाई : 9:00~18:00
     भियतनामी: 10:00~19:00

 

AMDA अन्तराष्ट्रिय चिकित्सा सेवा जानकारी केन्द्र

चिकित्सा सेवाको टेलिफोन परामर्श / चिकित्सा सेवाको दोभाषे टेलिफोन

        

     03-6233-9266

          https://www.amdamedicalcenter.com/

 

 

           अंग्रेजी, चिनियाँ, कोरियाली, पोर्तुगाली, स्पेनिश, थाई, भियतनामी, तागालोग

                             इच्छुक भाषामा कुरा गर्न सकिने समय जान्नका लागि सम्पर्क राख्नुहोस् ।

          परामर्श लिन सकिने दिन:  सोमबार‌‌~शुक्रबार   10:00~16:00      ※सार्वजनिक बिदा, डिसेम्बर 29 तारिख~जनवरी 3 तारिख बाहेकका दिनमा सम्पर्क राख्नुहोस् ।

 

विदेशी नागरिकका श्रमिकका लागिको परामर्श डायल (स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालय)

         https://www.check-roudou.mhlw.go.jp/soudan/foreigner.html

 

 

            अंग्रेजी, चिनियाँ, कोरियाली, पोर्तुगाली, स्पेनिश, थाई, भियतनामी, तागालोग, इन्डोनेशियाई, खमेर, बर्मी, मंगोलियाई

जापान अध्यागमन सेवा विभाग इन्फरमेसन सेन्टर (बसोबास योग्यता सम्बन्धी परामर्श)

   

   http://www.immi-moj.go.jp/info/

電話2.png
世界の言葉.png
時計.png
Webアイコン.png
Webアイコン.png
Webアイコン.png
電話2.png
Webアイコン.png
世界の言葉.png
時計.png
世界の言葉.png
Webアイコン.png
bottom of page